सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा मेयर कप फुटबलको तयारी पूरा 

२०८० वैशाख १०, ०६:२५

मसुरिया :  कैलालीको गौरीगंगा नगरपालिकामा आज आइतवारदेखि स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको छ।  

वैशाख १० गते देखि १७ गतेसम्म संचालन हुने महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलनमा आयोजकले बताएको छ। 

‘युवाहरुमा अनुशासन, लागु औषध दुव्र्यसन न्युनिकरण र सामाजिक सद्भावका लागि खेलकुद प्रोत्साहन’ भन्ने नाराका साथ गौरीगंगा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा नगर कार्यपालिकाका प्रवक्ता बिष्णु प्रसाद भाटले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारीले उद्घाटन गर्नेछन् ।

 उद्घाटन खेलमा आयोजक गौरीगंगा नगरपालिका र  भजनी नगरपालिकाको टीम भिड्नेछन । गौरीगंगा नपा ८ को खेल मैदान संचालन हुने प्रतियोगितामा पुरुषतर्फ कैलालीका ८ स्थानीय तहका  टिम र महिलातर्फ ६ टिमको  सहभागिता रहने छ । 
प्रतियोगिताको विजेतालाई दुबै बिधामा ट्रफी सहित नगद १ लाख र उपविजेतालाई ट्रफी सहित नगद ५० हजार  पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५  हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद ५ हजार पुरस्कार दिइने छ । नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, खेलाडीको आत्मविश्वास बनाउन तथा युवालाई खेलकूदको माध्यमबाट नगरपालिकाको पहिचान बढाउन अभिप्रेरित गर्नका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख देवीदत्त कडेलले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस