डा.महावीर पुन आन्दोलनको तयारीमा
धनगढीः डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन्।
पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ। वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन्।
उनले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रका लागि नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छन्। तिनै पुनले आफ्नो फेसबुक एकाउन्ट मार्फत आन्दोलन गर्ने जानकारी गराएका छन्। उनले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन्–
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागी बृहत जन आन्दोलन सुरु गरौँ। नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकार बाट अनुमति दिलाऔं। यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन्। काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ। त्यसको नेतृत्व मैले गर्ने छु। अनुसन्धान र नबप्रबर्तन पर्ति गण्डकी प्रदेश सरकारले मलाई र संघीय सरकारले यात्री मोटर साइकल टिमलाई गरेको अपमानजनक ब्याबहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ। मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि। पहिला आन्दोलन गरौँ र बार्ता पछि गरौंला। लु अब युबाहरु उठौं र आन्दोलनको तयारी गरौँ। आन्दोलन ब्यबस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, व्हाटसप, ट्वीटर, इन्स्टाग्राम एकाउन्ट बनाएर अगाडी बढ्नु पर्छ। यो कुनै राजनैतिक आन्दोलन होइन तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने छन। युबाहरुको आन्दोलन दरो हुन्छ।’
तर छलफल पछि मात्रै आन्दोलनको मिति तोकिने बताएका छन्।