सुदूर नेपाललाई विश्वसँग जोड्दै

तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव फेला

२०८० वैशाख ९, ०७:३१ खबर संवाददाता

धनगढीः दार्चुलामा शनिबार तुइनबाट खसेर नदिमा बेपत्ता भएका  पुरुषको शव फेला परेको छ।

आज (शनिबार) दिउँसो बेपक्ता भएका ब्याँस गाउँपालिका–२ का ४५ वर्षीय सिंदल भण्डारीको शवमहाकाली नदी पारी भारततर्फ भेटिएको छ। नेपालबाट भारततर्फ गइरहेका बेला शनिबार नदीमा खसेर बेपत्ता भएका भण्डारीको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) श्याम चौधरीले बताए।

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन जाँदा सिङ्दलसिंह तुइनबाट खसेर बेपत्ता भएका थिए। सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेका छन्। उनकी श्रीमतीको भने चार वर्ष अघिनै मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस