कञ्चनपुरमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादि पक्राउ
धनगढीः कञ्चनपुरमा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का राजेन्दसिह महरालाई प्रहरीले पक्राउ गरेको हो। कञ्चनपुर प्रहरीका अनुसार उनलाई घरबाट बुधवार पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत, कञ्चनपुरले ज्यान मार्ने मुद्दामा २ महिना १६ दिन कैद र ८० हजार जरिवाना तोकेको थियो।
उनलाई पक्राउ गरेसँगैँ सजाय भुक्तानका लागि जिल्ला अदालतमा पेश गराइएको कञ्चनपुर प्रहरीले बताएको छ।