’ए’ डिभिजन लिग : तीन खेल आज हुँदै
काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ।
लिगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुँदैछ। जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
एपीएफ आज चौंथो जितको योजनामा हुनेछ। एपीएफ ९ खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ। साविक विजेता मछिन्द्र चौंथो जितको खोजीमा हुनेछ। मछिन्द्र १३ अंक जोडेर आठौं स्थानमा रहेको छ। त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच खेल हुनेछ।
फ्रेन्ड्स र संकटाबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। फ्रेन्ड्स आज तेस्रो जितको खोजीमा हुनेछ। फ्रेन्ड्स ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ। संकटा आज पाँचौं जित निकाल्न चाहन्छ। संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ। च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। शीर्ष स्थानको जावलाखेल छैटौं जित निकाल्न चाहन्छ। जावलाखेलले १७ अंक जोडेको छ। पुलिस आज दोस्रो जित निकाल्न चाहन्छ। पुलिसले ५ अंक जोडेको छ।