सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

२०८० वैशाख ६, ०६:०९

काठमाडौं: बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो। 

फेंगताई जिल्लाको बेइजिङस्थित चाङफेङ अस्पतालको इनपेसेन्ट विभागमा आगलागी भएपछि कर्मचारीले ७१ जना बिरामीलाई बाहिर निकालेको बताइएको छ। आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो भने उद्धारको प्रयास करिब दुई घण्टासम्म जारी रहेको थियो। आपतकालिन प्रतिक्रिया टोलीहरूले मंगलबार दिउँसो १ बजे अस्पतालमा आगलागी भएको बताए।

कमेन्ट लोड गर्नुस