सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गापाको तीन वडामा किटनाशक झुल वितरण

२०८० वैशाख ५, १०:४६ खबर संवाददाता

धनगढीः कैलारी गाउँपालिकाको तीन वडामा किटनाशक झुल वितरण गरिएको छ। गाउँपालिकाको सहकार्यमा वडा नम्बर १, ३ र ४ मा किटनाशक झुल वितरण गरिएको हो।

वडा नम्बर ४ कोे गाउँबाट सुरुवात गरिएको झुल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी सहभागि रहेका थिए। मानविय सेवामा अनेकौ प्रयासको सिएआर–२२ परियोजना अन्र्तगत १५ सय घरधुरीमा ४ हजार ५०५ वटा झुल वितरण गरिएको छ। सुकुम्बासी, विपन्न, दलित तथा एकल महिलाहरुलाई झुल वितरण गरिएको हो।
 

कमेन्ट लोड गर्नुस