सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल: लखनउ २ विकेटले पराजित

२०८० वैशाख ३, ०७:५०

धनगढीः इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिवार राति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ। पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको हो।

सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो। म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९ दशमलव ३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो।
राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे। माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो।

लखनउका लागि कप्तान केएल राहुलले ५६ बलमा ८ चौका र १ छक्का मदतमा ७४ रन बनाए। कायल मेयर्सले २९ रन जोडे।

पञ्जाबका कार्यवाहक कप्तान साम करनले ३ तथा कागिसो राबडाले २ विकेट लिए।

तेस्रो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक नै रहेको लखनउ राम्रो रनरेटमा दोस्रो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस