सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर हजुरआमा र नातिनीको मृत्यु

२०८० वैशाख २, ०८:१६ खबर संवाददाता

धनगढीः दार्चुलामा बिसु मेला हेरेर घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका –१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मार्मा गाउँपालिका –१ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिंहले जानकारि दिए। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट इन्सपेक्टरको कमाण्मा टोली घटनास्थलतर्फ गएको बताइएको छ।

कमेन्ट लोड गर्नुस