एनएनएसडब्ल्यूए–द्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)–ले नयाँ वर्ष २०८०–को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ।
नयाँ वर्ष २०८०–को पूर्वसन्ध्यामा बिहिबार एनएनएसडब्ल्यूए, केन्द्रीय कार्यालयको सभा कक्षमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको हो। कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले उपस्थित सम्पूर्ण कर्मचारीहरूलाई नयाँ वर्ष २०८०–को शुभकामना प्रदान गरेका थिए।
उनले थ्री–डी अर्थात् जातिय विभेदमा पारिएका समूदाय, अपाङ्गता भएका व्यक्ति र पछाडी पारिएका समूदायहरूलाई सशक्तिकरणका माध्ययमबाट उनिहरूको अधिकार सुनिश्चित गरि समतामूलक समाज निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै, नयाँ वर्षको आगमनसँगै सम्पूर्ण कर्मचारीहरूमा संस्थागत लक्ष्य हासिल गर्नमा थप प्रेरणा मिलोस् भन्ने कामना गरे। सो अवसरममा उनले संस्थाको परिकल्पना,ध्येय,लक्ष्य तथा उद्देश्यका बारेमा पनि प्रकाश पारेका थिए।
कार्यक्रममा एनएनएसडब्ल्यूए कार्यसमिति अध्यक्ष माया सार्की र महासचिव रूपा कौशल परियारले पनि नयाँ वर्षको शुभकामना दिएकी थिइन। कार्यक्रममा एनएनएसडब्ल्यूए–द्वारा हाल संचालनमा रहेको ९ परियोजनाहरूका एक सयभन्दा बढी कर्मचारीहरूले एकापसमा नयाँ वर्ष २०८०–को शुभकामना आदान–प्रदान गरेका थिए।
कार्यक्रममा एनएनएसडब्ल्यूए–का मानव संशाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले प्रोजेक्ट डिजाइन साइकिल (पीडीसी) बारे जानकारी दिएका थिए भने, एम एण्ड ई अफिसर क्षितिज जोशीले संस्थाको ब्राण्डिङ्ग एण्ड मार्किङ्ग गाईडलाईन्स–२०२२ का बारेमा जानकारी गराएका थिए।