सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन स्थानीय तहमा वृहत् यौनिकता शिक्षा कार्यक्रम लागु

२०७९ चैत्र ३०, ०६:३७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र गोदावरी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वृहत् यौनिकता शिक्षाको पैरवी गर्न राइट हियर राइट नाउ कार्यक्रम लागु भएको छ। युथ एलायन्स फर डेभलभमन्टको साँझेदारीमा यो कार्यक्रम लागु भएको हो।

बिहीवार धनगढीमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै गुणस्तरीय वृहत् यौनिकता शिक्षामा सबै बालबालिका र युवाहरूको पहुँच सुनिश्चित भएको अवस्थाको निर्माण हुनुपर्ने आवश्यकता औंल्याइएको छ। कार्यक्रममा उमेरअनुसार वृहत् यौनिकता शिक्षाले युवाहरूलाई आफ्नो जीवनको बारेमा उचित निर्णय लिन सक्षमता प्रदान गर्ने राइट हियर राइट नाउका नेपाल कार्यालय संयोजक राजेन्द्र महर्जनले बताए।

राइट हियर राइट नाउ परियोजनाले नेपालमा १५ देखि ३० वर्ष उमेरका सबै वर्गका युवाहरूलाई सामाजिक तथा कानूनी समर्थनसहितको वातावरणमा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरूको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य तय गरेको महर्जनले बताए।
धनगढीमा सम्पन्न परियोजना स्थापना कार्यशालामा युथ एलायन्स फर डेभलभमन्ट (यार्ड) का अध्यक्ष वंशीराम चौधरी (स्माइल) ले परियोजनाको उद्देश्य यौन तथा प्रजनन् स्वास्थ्य बारे आवश्यक ज्ञान र सूचना प्रदान गर्ने, प्रजनन् स्वास्थ्य सेवाको सहच पहुँच विस्तार गर्न सरोकारवालासँग माग राख्ने र सो को उपयोग गर्ने युवा तयार गर्नु रहेको बताए।

कार्यक्रममा गोदवरी नगारपालिकाका उपप्रमुख, शारदा रोकाया, वडा अध्यक्षहरू स्वास्थ्य कार्यालय कैलाली, धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी, विभन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस