कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थमा रहन अस्पतालहरुलाई निर्देशन
काठमाडौं: कोरोना संक्रमितको अवस्था दिनहुँ जस्तो बढ्दै गएपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालले निर्देशन दिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट संक्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए।
मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।