सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ चैत्र २८, ०५:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालतबाट  ६ महिना कैद र पाँच हजार जरिवाना तोकी फरार रहेका लागुऔषध मुद्दाका फरार प्रतिवादी मंगलबार पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–६ का दिपेश बोगटीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। घर नजिकै लुकेर बसेका बोगटीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेपछि उनलाई कारागार चलान गरिएको छ।

कमेन्ट लोड गर्नुस