सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्टार सिटी गौरीगंगा गोल्ड कपको फाइनलमा

२०७९ चैत्र २७, ०८:४८ खबर संवाददाता

धनगढीः कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेको छ। उक्त क्लबको कारबाहीसँगै स्टार सिटी उपाधि नजिक पुगेको हो। सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार परेको थियो। आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन।

क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति विनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गालीगलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ। ‘खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवाना सहित कारबाही गरिने क्लबको नियमावली अनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेलले बताए।

‘हामीले खेल सुचारु हुनु पूर्व कागजात माग गरेको थियौँ,’ उनले भने, ‘तर उहाँहरू रेसिङ सहारा क्लब को टिमले कागजात नचाहिने भन्दै जबरजस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ। आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ।’ ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्ने छन्।

फाइन खेल स्टार सिटी र मङ्गलवारको विजेता टोलीबिच ३० गते बिहीबार हुने छ।
 

कमेन्ट लोड गर्नुस