सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

२०७९ चैत्र २६, ०८:०५ खबर संवाददाता

काठमाडौं: सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्। लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

संकटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। संकटा आज तेस्रो जितको योजनामा हुनेछ। संकटा ६ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ। साविक विजेता मछिन्द्र दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ। सातदोबाटो पाँचौं जितको योजनामा रहेको छ। सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

आर्मी तेस्रो जितको योजनामा छ। आर्मी ८ अंक जोडेर आठौं स्थानमा रहेको छ। त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन्। दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। हिमालयन आज दोस्रो जित निकाल्न चाहन्छ। हिमालयन ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। एनआरटी पहिलो जितको योजनामा रहेको छ। एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस