सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना संक्रमणको जोखिम,सतर्कता अपनाउन आग्रह

२०७९ चैत्र २४, ०९:४०

बैतडी: बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ। छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएकाले नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको हो। 

जिल्ला प्रशासन कार्यालयले बिहिवार एक सूचना जारी गर्दै बैतडी पनि भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ। जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेनेटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ। 

यस्तै भीडभाड हुने खालका कार्यक्रममा सके सम्म नजान आग्रह गरिएको छ। पछिल्लो एक हप्तामा मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्केका ६ जना कोरोना पुष्टि भइसकेको छ।

कमेन्ट लोड गर्नुस