कञ्चनपुरका १७ वर्षीय एक विद्यार्थीले बनाए ‘बग्गी’ कार
धनगढीः कञ्चनरमा एक १७ वर्षीय विद्यार्थीले कार बनाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका दिनेश विष्टले मोटरसाइकलबाट कार बनाएका हुन्।
कैलालीको गेटास्थित सरस्वती मावि कक्षा ९ मा अध्यनरत विष्टले मोटरसाइकलको ईन्जिनबाट कारको मोडेल बनाएका छन्। मोटरसाइकलको इन्जिनिबाट बग्गी बनाएको उनले बताए। यस्तो कार निर्माण गर्न ९० हजार खर्च भएको उनले बताए। कारमा चालकसहित ६ जना सिट क्षमता रहेको निर्माता विष्टले बताए।
‘मैले आफ्नै लगानीमा मोटरसाइकलबाट बग्गी कार त निर्माण गरे तर इलेक्ट्रोनिक बाइक निर्माणका लागि मोडेल बनाएको छु तर सामान किन्न पैसा नभएका कारण बाँकी काम गर्न सकेको छैन्।’ कार, मोटरसाइकल र इलेक्ट्रोनिक स्कुटी लगायत निर्माण गर्न सक्ने सीप र क्षमता भए पनि त्यसका लागि आवश्यक बजेट नहुँदा सोचेअनुसार काम गर्न सकिरहेको छैन, उनले भने।