कञ्चनपुरमा खैरो हिरोईनसहित दुई जना पक्राउ
२०७९ चैत्र १८, ०८:०१
कञ्चनपुरः कञ्चनपुरमा खैरो हिरोईनसहित दुई जना युवा पक्राउ परेका छन्।
जिल्लाको शुक्लाफाटा नगरपालिका–१० का १८ बर्षका ओमप्रकाश ओलि र १७ बर्षका राजु बोहोरालाई ०.५४०ग्राम लागुओषध खैरो हिरोईनसहित पक्राउ गरिइएको हो।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस