बैतडीमा दुई महिने ब्युटिसियन तालिम संञ्चालन
बैतडीः बैतडीमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि ब्युटिसियन सम्बन्धि तालिम सञ्चालन गरिइएको छ।
जिल्लाका विभिन्न ठाउँबाट महिलाहरु ब्युटिसियन बनेर आत्मनिर्भर बन्ने योजनामा लागेका छन्। ब्युटिसियन सम्बन्धि स्तरोन्नती तालिममा सहभागी भएका महिलाहरुले ब्युटिसियनाबाटै आत्मनिर्भर बन्ने योजनामा रहेको बताएका हुन्। घरेलु तथा साना उद्योग कार्यालय बैतडीले ब्युटिसियनको आधारभूत तालिम लिएका महिलाहरुका लागि दुई महिने ब्युटिसियन स्तरोन्नती तालिम सञ्चालन गरेको हो। तालिमका सहभागीहरुले ब्युटिसियन बनेर जिविकोपार्जन गर्ने योजना रहेको बताएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको दुई महिने ब्युटिसियन स्तरोन्नती तालिममा १५ जना बढीको सहभागिता रहेको छ।
यो तालिमले आफूहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने तालिमकी सहभागी अनिता शाह ज्ञवालीले बताइन्। उनले भनिन् ‘मैले आधारभूत तालिम लिइसकेकी छु। अहिले स्तरोन्नती तालिममा सहभागी भएकी छु । यसपछि ब्युटिपार्लर पसल खोल्ने योजना बनाएकी छु।’
सीपयुक्त तालिम दिएर महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने उद्देश्यसहित ब्युटिसयनको स्तरोन्नती तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ठ उद्यम सहजकर्ता हरि जोशीले बताए।