बाघको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरकी सार्कीको परिवारलाई सहयोग
धनगढीः बाघको आक्रमणबाट मृत्युु भएकी कञ्चनपुरकी कलसी सार्कीको परिवारलाई आर्थिक सहयोग गरिएको छ।
गत शुक्रवार बाघको आक्रमणबाट जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० भीमवस्ती मदनकी कलसी सार्कीको मृत्यु भएको थियो।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरले उनको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो। किरिया खर्च भन्दै समितिका अध्यक्ष शिवदत्त पन्त र सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले कलसाका पति अम्बे सार्कीलाई रकम हस्तान्तरण गरेका हुन्।
मृतकका परिवारलाई आयआर्जन तर्फ २५ हजार र किरिया खर्च २५ हजार गरि ५० हजार रकम सहयोग गरिएको समितिका अध्यक्ष पन्तले बताए। उनले राहात रकमले परिवारलाई आयआर्जन गर्नमा सहयोग पुगाउने उद्देश्यले वितरण गरिएको बताए।