सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न रुख कटानी सुरु

२०७९ चैत्र १६, ०२:४०

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न रुख कटानी सुरु भएको छ। क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण हुने फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न आठ सय २५ वटा रुख काट्न सुरु गरिएको हो। 

संघीय मन्त्रीपरिषदले रुख कटानीको आदेश दिएसँग कटानीको काम सुरु भएको आयोजना कार्यालयले बताएको छ। बुधवार नगर प्रमुख रणबहादुर महरा, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रप्रसाद भट्टसहितको समूहको सहभागितामा रुख काट्न थालिएको छ। रमण केएसजेभी कैलालीले रुख कटानको काम सुरु गरेको हो। बैशाख १५ गतेभित्र रुख कटान गरि सक्ने लक्ष्य लिइएको छ। नगर प्रमुख महराले समयमै रुख कटानको काम सक्न निर्देशन दिएका छन्। 

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित श्रीकृष्ण सामुदायिक वनको ४ दशमलव ९९ हेक्टर क्षेत्रफलमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुँदैछ। फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाखमा रमण केएसजेभी र क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीबिच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो।
 

कमेन्ट लोड गर्नुस