सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा काट्न तयार भएको गँहुमा क्षती   

। फोटो स्रोत ।
२०७९ चैत्र १६, ०९:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा काट्न तयार भएको गँहुमा क्षती भएको छ। जङ्गली जनावर खेतमा पसेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा किसानहरूले लगाएको गहुँबालीमा क्षति पुगेको हो। गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सिमलफाँटा बस्तीमा छिरेका बँदेल तथा नीलगाईले गहुँबालीमा क्षति पुर्‍याएका हुन्।

स्थानीयवासी दानसिंह कुँवरको काट्न तयार भएको गहुँबाली बँदेल तथा नीलगाईले खाइदिएको बताएका छन्। जङ्गली जनावरको बथानले गहुँबाली खुट्टाले कुल्चेर व्यापक नोक्सानसमेत पु¥याएको छ। जङ्गली जनावरको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर नोक्सानी गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस