सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी दौडाहामा कुँवर र जोशी, उद्योगी व्यवसायीसँग भेटघाटमा व्यस्त

२०७९ चैत्र १५, ०८:५१ खबर संवाददाता

धनगढीः यहीँ चैत्र  २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाव हुँदैछ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि चुनावमा उम्मेदवारी घोषणा गरेका पुष्पराज कुँवर सहितको टोली चुनावी अभियानमा तीव्ररुपमा लागेको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर र केन्द्रीय सदस्यकै अर्का उम्मेदवार पिताम्बर जोशी सहितको टोली संयुक्तरुपमा चुनावी अभियानमा जुटेका हुन्। सो अभियान अन्तर्गत उनीहरूले बुधबार कैलालीको टीकापुर र बर्दियाको गुलरियाका उद्योगी व्यवसायीसँग भेटघाट र छलफल गरेका छन्।

टोलीले टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाडी सापकोटासहितका उद्योगी व्यवासायीसँग भेटघाट गरेका हुन। भेटका क्रममा सापकोटाले चुनावमा आफ्नो पूर्ण सहयोग रहने आश्वासन दिए। यस्तै, टोलीले बर्दियाको गुलरिया उद्योग वाणिज्य संघका निर्वाचन अध्यक्ष वीरबहादुर चौधरी सहितका उद्योगी व्यवसायीसँग पनि  भेटघाट गरेको छ।उम्मेदवार जोशी कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्।

उक्त टोलीमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीलगायत सहाभागी छन्। महासंघको यहीँ चैतमा ५७ औं वार्षिक चुनावी साधारण सभा हुँदैछ।

कमेन्ट लोड गर्नुस