सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनलाइन टिभी पत्रकार संघ कैलालीकाे अध्यक्षमा साउँद

२०८२ भदौ ५, ०६:१९ खबर संवाददाता

धनगढी: अनलाइन टिभी पत्रकार संघ, कैलालीको अध्यक्षमा भरत साउँद (आलोक) निर्विरोध निर्वाचित भएका छन्।

न्यूज सेभेन टिभी प्रालिका सञ्चालन साउँद कैलालीको चिसापानीमा भएको संघको अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्।

अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको जिल्ला अध्यक्षमा साउँद, उपाध्यक्षमा रमेश एडी, सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सह–सचिवमा तिलक राज ढुङ्गाना चयन भएका छन्। समावेशी सदस्यतामा प्रेम विक र सागर चौधरी, खुला सदस्यतामा गणेश विष्ट र यज्ञराज अवस्थी चयन भएका छन्।

अध्यक्ष आलोकले आफ्नो कार्यकालमा पत्रकारहरूको पेसागत अधिकार, सीप विकास र अनलाइन पत्रकारिताको मर्यादा तथा आचारसंहिता पालनामा संघले विशेष ध्यान दिने बताएका छन्। संघको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दीपक रावललाई दिइएको छ। सदस्यमा भरत रिमाल चयन भएका छन्।

 

कमेन्ट लोड गर्नुस