सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ 

२०७९ चैत्र १५, १२:२६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर–८ भाँसी का तपेन्द्र चौधरी र सुमित चौधरी रहेको कञ्चनपुर सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

झलारी र बन्साहबाट खटीएको संयुक्त प्रहरी गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडी स्थित बेलौरीबाट कलुवापुर तर्फ आउँदै गरेका म.२.प.२९७८ नम्बरको मोटरसाईकललाई संकालागि चेकजाँच गर्दा चालक तपेन्द्र चौधरीले लगाएको ट्रेकसुटको दायाँ गोजी भित्र कालो प्लाष्टिकको थैलीमा ८.५१० ग्राम लागुऔषध फेला परेको डीएसपी डाँगीले जानकारी दिए।

साथै उनीहरुको साथबाट विभिन्न किसिमका औषधि र ३ थान मोबाइलसमेत बरामद गरिएको उनले बताए। उनीहरुलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस