सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करणी आरोपमा भारतीय नागरिक पक्राउ

२०७९ चैत्र १५, ०८:५७ खबर संवाददाता

धनगढीः कैलालीमा करणी आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। नाबालिक बलात्कारको आरोपमा भारतीय नागरिक उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय रिजवान खानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१३ मा डेरागरी बस्दै आएका उनीमाथि गत चैत्र १० गते ६/७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका खानलाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस