सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मोडेलमा पढेका ओझाले कृषि र वन विज्ञानमा पूर्ण छात्रवृत्तिमा नाम निकाले

२०७९ चैत्र १५, ०८:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित कैलाली मोडेल स्कुलमा कक्षा ११ र १२ पढेका मुकुन्द ओझाले एकै पल्ट चार ठाउँमा स्नातक तहमा कृषि, वन विज्ञान र भेटेरिनरी पढ्न नाम निकालेका छन्।

ओझाले त्रिभुवन विश्वविद्यालयको कृषि विज्ञान, रामपुर चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा कृषि, वन विज्ञान र भेटेरिनरी विज्ञानमा नाम निकालेका हुन्। ओझाले त्रिभुवन विश्वविद्यालयको बिएस्सी एजीमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन्।

यसैगरी उनले रामपुरबाट  बिएस्सी एजी र वन विज्ञानमा पूर्ण छात्रवृत्ति तथा भेटेरिनरीमा पनि नाम निकालेका हुन्। कैलाली मोडेलबाट १२ कक्षा पास गरेर बुटवलमा रहेको जेभियर ईन्स्टिच्युटबाट असारदेखि मंङ्सिरसम्म तयारी कक्षामा पढेर ओझाले चार ठाउँमा नाम निकालेका हुन्। कृषि र वनतर्फ पूर्ण छात्रवृत्तिमा नाम निक्लेको भए पनि शुल्क तिरेर भेटेरिनरी पढ्ने इच्छा गरेको ओझाका बुवा नवराज ओझाले बताए।

कमेन्ट लोड गर्नुस