सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकाको बेरुजु ३३ करोड ३६ लाख पुग्यो

२०८२ असार ४, ११:०४ खबर संवाददाता

धनगढी: कैलालीको गौरीगंगा नगरपालिकाको एक वर्षमा तीन करोड २० लाख बेरुजु थप भएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाको एक अर्ब ८४ करोड ६७ लाख ४१ हजारको लेखापरीक्षण गर्दा तीन करोड २० लाख ९५ हजार बेरुजु थप भएको हो। गौरीगंगा नगरपालिकाको कुल बजेटको एक दशमलव ७४ प्रतिशत बजेट बेरुजु देखिएको हो। 

नगरपालिकाको ८९ लाख ७२ हजार रुपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ। ५१ लाख ६२ हजार रुपैयाँ प्रमाण  तथा कागजात पेस गर्नुपर्ने बेरुजु रहेको छ। नियमित गर्नुपर्ने बेरुजु एक करोड ४९ लाख ५१ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। गौरीगंगा नगरपालिकाको पेस्की बेरुजु मात्र ३० लाख १० हजार रहेको छ। अघिल्लो आर्थिक वर्षमा ३० करोड २२ लाख ४८ हजार बेरुजु रहेको नगरपालिकाको ३३ करोड ३६ लाख चार हजार बेरुजु पुगेको छ। 

गौरीगंगा नगरपालिकाले अतिथि सत्कार, प्रोत्साहन भत्ता, मृतकको खातामा भत्ता निकासा, दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा, नर्मस भन्दा बढी खर्च र शिक्षकको तलब भत्ता बढी निकासाको बेरुजु सम्परीक्षण गरेको छ। सात लाख ३८ हजार सात सय ९३ रुपैयाँको बेरुजु सम्परीक्षण गरिएको हो। 


 

कमेन्ट लोड गर्नुस