सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति

२०७९ चैत्र १३, ०८:५४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पु¥याएको  छ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ मा आइतबार दिउँसो परेको भीषण असिना पानीले गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको छ। कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती असिनाले नष्ट गरेपछि स्थानीय चिन्तित भएका छन्। झरीसँगै लगातारको असिनापानीले कृषकहरुलाई पाक्नै लागेको बालीमा बज्रपात भएको स्थानीय कृषक लोकबहादुर पालले बताए।

फसल भित्र्याउने समयमा आएको प्राकृतिक प्रकोपले नगदे बाली सखाप भएपछि कृषक चिन्तित भएका छन्। डडेल्धुरामा मात्र नभई आइतबारको असिना पानीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु डोटी, अछाम,बाजुरा लगाएत बझाङका धेरै जसो स्थानमा ठूलो क्षति भएपनि विवरण भने आइसकेको छैन।

कमेन्ट लोड गर्नुस