सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सडक स्तरीय नहुँदा चालक र व्यापारी आक्रोशित

२०७९ चैत्र १३, ०४:०९ खबर संवाददाता

बैतडीः बैतडीको एक ठाउँमा सडक स्तरीय नहुदा स्थानीय आक्रोशित भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिकाको श्रीभावर –हाट सडक खण्ड स्तरीय नहुँदा उक्त ठाउँका स्थानीय र यातायात व्यवसायी मारमा परेका हुन्। सडक स्तरीय नहुँदा यातायात व्यवसायी मार्कामा परेका छन्। लामो समय देखि सो सडक खण्डमा गाडी सञ्चालन गरिरहेका  यातायात व्यवसायी  रणबहादुर  विष्टले सडक स्तरीय नहुँदा आफहुरु धेरै समस्यामा परेको बताए।

कच्ची सडकमा सवारीसाधन सञ्चालन गर्दा गाडी बेला बेला बिग्रिने गरेकाले ब्रिगेका गाडी मर्मतमै धेरै रुपैँया खर्च हुने गरेको व्यापारी  तथा यातायात व्यवसायी विष्टले बताए। ‘गाडी चल्ने बाटो ठिक नहुँदा  हामीहरु सार्है मारमा छौँ,कहिले गाडीका इन्जीन जान्छन, कहिले  पट्टा टुट्छन, गाडी मर्मतमै  धेरै खर्च  छ, के कमाउने  के बचाउने समस्या छ,’ उनले  भने।

बाटोको  अवस्था एकदमै  नाजुक छ भाडा बढायो भने स्थानीयले मान्दैनन्, आफुहरु समस्यामा परेका अर्का व्यापारी जनक गडालले बताए। पानी परेको  समयमा  यो सडक खण्डमा गाडी सञ्चालनका लागि समस्या हुने गरेको छ। बर्खायाममा जोखिम मोलेर गाडी चलाउँदा दुर्घटनाको डर समेत हुने गरेको अर्का चालकले बताए।

सडक स्तरोन्तिका लागि स्थानीय सरकारले चासो नदिने गरेको त्यहाँका यातायात व्यवसायी एवं व्यापारीहरुको गुनासो छ। श्रीभावर– हाट सडक खण्डको साढे ८ किलोमिटरमा कालोपत्रको काम भइरहेको  र पाँच किलोमिटरमा कटिङको काम चलेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस