सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै दुई लाख मुल्य बराबरका कपडा बरामद

२०७९ चैत्र १२, ०६:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मुल्यबराबरका कपडा बरामद गरेको छ।

आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो।

सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार मुल्य बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस