सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राना युथ क्लबद्धारा रक्तदान

२०७९ चैत्र ११, ०२:३२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा राना युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको राना युथ क्लबले ‘जिवन अमुल्य छ, बचौ र बचाउ’ ‘मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ मुल नारासहित शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

‘स्वस्थ रहौँ सम्वृद्ध बनौँ’ सन्देशका साथ राना युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका सदस्य प्रकाश रानाले बताए। कार्यक्रममा ४८ जनाले रक्तदान गरेको उनले बताए। रगत अभावकै कारण कसैले अकालमा मृत्युबरण गर्न नपरोस भनेर क्लबको तर्फबाट रक्तदान गर्ने काम भएको हो।

कमेन्ट लोड गर्नुस