डोटीका बालबालिकालाई खुत्रुके वितरण

२०७९ चैत्र ११, ११:५८
डोटी: डोटीका बालबालिकालाई खुत्रुके वितरण गरिएको छ। जिल्लाको आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा रहेका ३ हजार ९ सय ९१ जना बालबालिकालाई खुत्रुके वितरण गरिएको हो।
समान पहुच विकास केन्द्र र वल्र्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत खुत्रुके वितरण गरिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस