सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनुषामा २ ट्रक एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

२०७९ चैत्र ११, ०९:३४ खबर संवाददाता

धनुषाः धनुषामा ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ। शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश–१ ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश–१ ०१–००१ख ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उनीहरुको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक गौतमले बताए। घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस