सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खप्तड गोल्डकप : आज नेपाल पुलिस र जर्जियनबीच प्रतिस्पर्धा

२०७९ चैत्र ११, ०८:२४ खबर संवाददाता

धनगढी: मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करणमा शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुँदै छ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा दशरथ रंगशालामा सुरु भएको मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। योजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।

कमेन्ट लोड गर्नुस