सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा

धनगढीः सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

