सुदूर नेपाललाई विश्वसँग जोड्दै

थोरै शुल्कमा खप्तडमा ‘हेली टुर’ सञ्चालन

२०७९ चैत्र १०, ०९:०७

डोटीः सुदूरपश्चिम प्रदेशको प्रसिद्घ मानिने पर्यटकीयस्थल खप्तड घुम्न चाहाने  पर्यटकका लागि हेलि टुर सुर गरिइएको छ।

समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गरिएको हो। समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार  झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ। डोटीको पूर्वचौकी गाउँपालिकामा रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा  खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो।

शुक्रबार देखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए। धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए।

निर्देशक खड्काका अनुसार डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरुलाई प्रतिव्यक्ति १० हजारसम्म शुल्क तोकिएको  छ। खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको बताए। ‘हेली टुर प्याकेज’ १२ गतेसम्म रहनेछ। पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ। 
भूस्वर्गका उपमाले चिनिने खप्तडमा २२ पाटन, त्रिवेणि, केदार ढुङ्गा, खप्तडबाबाको आश्रम तथा विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गीले निकै रमणिय  छ।

कमेन्ट लोड गर्नुस