सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ आईजीपीमा बसन्त

२०७९ चैत्र १०, ०८:४३ खबर संवाददाता

काठमाडौँः प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन्।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए।सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन्। प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए।

प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन्। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ।

कमेन्ट लोड गर्नुस