सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लक्ष्मीनारायण मन्दिरमा पाँच दिवसीय वार्षिकोत्सव

२०७९ चैत्र १०, ०७:२८ खबर संवाददाता

धनगढीः धनगढीको लक्ष्मीनारायण चोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पाँच दिनसम्म वार्षिकोत्सव मनाइने भएको छ।

लक्ष्मीनारायण मन्दिर स्थापना भएको ४० औं वार्षिकोत्सवको अवसरमा चैत १० देखि १४ गतेसम्म वार्षिकोत्सव मानाइने लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ। पाँच दिनसम्म चल्ने वार्षिकोत्सवमा रामभक्त हनुमानजीको उत्सव, कथा प्रवचन तथा भजन–कीर्तन गरिने मन्दिरका व्यवस्थापक हरिपसन्न न्यौपानेले बताए।

चैत १३ गते विहान ११ बजे प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा मन्दिर परिसरमा विशेष समारोह राखिएको न्यौपानेले बताए। १३ गते हुने विशेष समारोहमा विभिन्न विद्वान र श्रद्धालु भक्तजनको उपस्थिति रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस