सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दिनप्रति दिन कोरोना सक्रमितको सङ्ख्या  बढ्दै

२०७९ चैत्र १०, ०६:०४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा पुनः दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ।

शुक्रबार ५ सय २१ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा सात जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा सात जनामा कोरोना भेटीएको हो।

शुक्रबार पोजेटीभ देखिइएकामा चारजना कैलाली र तीन जना कञ्चनपुरका हुन। संक्रमण दर केही बढे कोरानाका कारणले मुत्यु हुनेको दर भने शुन्य छ। एसअघि बुधबार पनि सात जनामा कोरोना पोजेटीभ देखिएको थियो। कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४२ हजार नौँ सय ८५ को नमुना परीक्षण भइसकेको छ। 

कमेन्ट लोड गर्नुस