सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम पृतनापति ट्रफी– श्री ५ नम्बर वाहिनीलाई 

२०७९ चैत्र १०, १०:२२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम पृतनापति ट्रफी– श्री ५ नम्बर वाहिनीले हासिल गरेको छ। ७ गतेबाट संचालन भएको खेलुकद प्रतियोगितामा पृतनापति उपरथी विजय थापाले एक समारोहविच ९ गते विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरी समापन गरेका थिए। समापन समारोहमा पृतनापति उपरथी विजय थापाले ट्रफी प्रतियोगिताले प्रदेशस्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए।

नेपाली सेनाले खेलकुदको क्षेत्रलाई पुर्‍याउदै आएको योगदानमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। साथै खेलकुद मनोरञ्जनको रुपमा मात्र नभई स्वास्थ्यको लागि समेत आवश्यक रहेको समेत व्यक्त गरे। उक्त समारोहमा वाहिनीपति, गणपति, गुल्मपति तथा खेलाडीहरुको समेत उपस्थिति रहेको थियो।

ट्रफी प्रतियोगितामा फुटबल, भलिवल, बास्केटबल विद्या समावेश भएको सुदूरपश्चिम पृतना हेड क्वाटरले जनाएको छ। फुटबलतर्फ श्री देवीद गण प्रथम, भलिबलतर्फ श्री नम्बर २५ बाहिनी हेड क्वाटर प्रथम र बास्केटबलमा श्री नम्बर ५ वाहिनी हेड क्वाटरले प्रथम स्थान हासिल गरेका थिए। उक्त ट्रफी प्रतियोगितामा श्री नम्बर ५ वाहिनी हेड क्वाटर टिम च्याम्पियन भएको थियो। साथै पृतनापति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुने टिम काठमाडाैं सञ्चालन हुने प्रधान सेनापति ट्रफी प्रतियोगितामा सहभागी हुने छन्।

कमेन्ट लोड गर्नुस