सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम–११ लाई रुपन्देहीमा सम्मान

२०७९ चैत्र ९, ०६:१०

धनगढीः सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबलाई रुपन्देहीमा सम्मान गरिएको छ। बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबका खेलाडीहरु सम्मानित भएका हुन्। सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले बुधबार सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका खेलाडीहरुलाई सम्मान गरेको हो।

तिलोत्तमा गोल्डकपको फाइनल पुगेपछि खेलाडीलाई हौशला बढाउने उदेश्यले सम्मान गरिएको सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले जनाएको छ। सेमिफाइनलमा बुधवार थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै सुदूरपश्चिम–११ फाइनल पुगेको हो। सम्मान कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाजका उपाध्यक्ष रुद्र थापा, संस्थापक सदस्य धिर कार्की, मोहन कार्की, सल्लाहकार बिरेन्द्र बिष्ट, उदब बिष्ट लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस