सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन बहुमुखी क्याम्पसमा नेविसंघकी भागरथी निर्वाचित 

२०७९ चैत्र ८, ०९:०५ खबर संवाददाता

बैतडीः बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी भागरथी भट्ट विजयी भएकी छन्।

विजयी भट्टले ८९ मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका निराजन पन्तले ७४ मत ल्याए। सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत ल्याएका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत ल्याइन्। यस्तै सदस्यहरुमा अनेरास्ववियुका रोशन पाण्डे १०१ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत ल्याएर विजयी भएका छन्। यस्तै नेविसंघका मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन्।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेको थियो भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । सो क्याम्पसमा २७६ मतदाता रहेकोमा २२७ मत खसेको निर्वाचन समितिका संयोजक फणेन्द्र अवस्थीले बताए। 

कमेन्ट लोड गर्नुस