सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तेस्रो गौरीगंगा गोल्डकप हुने

२०७९ चैत्र ८, ०७:००

धनगढी : कैलालीमा तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप हुने भएको छ। ‘खेलौ फूटबल रमेर, फूटबलको संदेश,  शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने भएको हो।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन, नगर क्षेत्रलाई खेलकूदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले बताए। प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले बताएको छ। 

प्रतियोगिताको विजेतालाई ट्रफिसहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस