सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन जना किसान पुरस्कृत

२०७९ चैत्र ८, ०४:५८ खबर संवाददाता

धनगढीः कैलालीका तीन जना किसान पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट कैलालीका तीन जना किसान पुरस्कृत भएका हुन्।

पुरस्कृत हुनेमा रामकिसन चौधरी, पहलवान देउवा र खड्कबहादुर महतो रहेका छन्। उनीहरुलाई प्रदेश सरकारले २५ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको प्रदेश कृषि निर्देशनालयले आयोजना गरेको एक कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा पशुपंक्षी तथा मतस्य विकास निर्देशनालय, तथा कृषि ज्ञान केन्द्र कैलाली र पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भट्टले पुरस्कारको रकम र पुरस्कृत हुने किसानको संख्यामा वृद्धि गर्नुपर्ने बताए।

उनले कृषि क्षेत्रमा धेरै किसान भएकाले उनीहरुको पनि प्रदेश सरकारले सम्मान गर्न सक्नुपर्ने उनको भनाइ थियो। कृषि निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले मौरी पालन लगायत क्षेत्रका किसानलाई पुरस्कृत गर्न नसिकएको बताए। कृषि तथा पशु पालन क्षेत्रमा धेरै किसान भएकाले उनीहरुको सम्मान र हौसलका लागि प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको तर्क छ।

कमेन्ट लोड गर्नुस