सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गाउँपालिकाका अध्यक्षमाथि हातपात, दुई जना पक्राउ

२०७५ चैत्र १९, ०९:१३ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दमाथि हातपात भएको छ। आज दिउँसो रोडिदेवलबाट फर्किदै गर्दा चन्दमाथी स्थानीयको एक समूहले हातपात गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब निरिक्षक डिकरदेव पन्तले रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल सकेर फर्किदै गर्दा अध्यक्ष चन्दमाथी आज अपराह्न ५ बजेतीर हातपात भएको बताए। प्रहरी नायब निरिक्षक पन्तले दिनेश खबरसंग सडक योजनाका विषयमा विवाद हुदा अध्यक्षमाथी हातपात भएको बुझिन आएको बताए। हातपातबाट अध्यक्षलाई चोट भने लागेको छैन्। 

तर प्रहरीले हातपात गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नायब निरिक्षक पन्तका अनुसार पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५२ वर्षीय बल बहादुर भण्डारी र सोही ठाउँका ३२ वर्षीय विरेन्द्र भण्डारीलाई नियन्त्रणमा लिईएको हो। हातपातमा संलग्न भनिएका हिक्मत भण्डारी भने फरार रहेका छन्। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। अध्यक्षमाथी हातपात  भएको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक नेत्र कुवँरको नेतृत्वको टोली पञ्चेश्वरतर्फ गएको पन्तले जानकारी दिए।  

कमेन्ट लोड गर्नुस