सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा

२०७९ चैत्र ८, ०६:२० खबर संवाददाता

धनगढी: हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू–भागका केही स्थानहरूमा  हल्का वर्षा भइरहेको छ। साथै देशको पश्चिमी भू–भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिन मौसममा सुधार आउने सङ्केत नदेखिएको मौसमविद्हरूले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस