सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा भूकम्पको धक्का महसुश

२०७९ चैत्र ८, ०६:११ खबर संवाददाता

काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्  का महसुश भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १० बजेर १७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो। भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ताहरु खटाउन लागिएको समचारमा जनाइएको छ। भूकम्पको धक्का अफगानिस्तान, भारत र पाकिस्तानसहित अरु छिमेकी देशहरुमा पनि महसुस गरिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस