सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुर सहरको भू–इञ्जिनीयरिङ अध्ययन, किन भएन कार्यान्वयन?

२०७९ चैत्र ७, ०३:३१

वीरेन्द्र भट्ट, धनगढीः डेढ वर्षअघि सुदूरपश्चिम प्रदेशका मुख्य दुई सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन भयो। अध्ययनको रिपोर्ट प्रदेश र स्थानीय सरकारलाई बुझाईयो। खानी तथा भूगर्भ विभागले कैलालीको धनगढी र टीकापुर सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेको थियो।

विभागले विकसित हुँदै गएको शहरको भू–बनोटको अवस्था बुझ्न र उक्त स्थानमा सहर बस्न योग्य रहे÷नरहेको यकिन गर्न धनगढी र टीकापुर सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेको हो। विभागले धनगढी र टीकापुरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर सो अध्ययनको रिपोर्ट प्रदेश सरकार, धनगढी उपमहानगर र टीकापुर नगरपालिकालाई बुझाएको थियो।

सहरको कुन क्षेत्रमा कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, भन्नेबारे भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गरेर स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई विभागले उचित राय, सुझाव दिए पनि सो अनुरुप काम भने भएको छैन्। विभागको राय र सुझावलाई स्थानीय तहले कार्यान्वयनमा नल्याउँदा प्राकृतिक विपत्तिका घटना समेत वर्षेनि दोहोरिदैँ गएका छन्।

धनगढी र टीकापुर सहरको कुन भागमा विद्यालय, कुन भागमा अस्पताल, कुन भागमा डम्पिङ साइट, कुन भागमा अण्डरग्राउण्ड पार्किङ बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरेको थियो। तर सो अनुरुप काम भएको छैन्। अध्ययनले कुन ठाउँ बाढी, पहिरो र भूक्षयको जोखिम छ भन्नेसमेत अध्ययन गरेको थियो।

विभागले गरेको अध्ययनअनुसार मात्र काम हुने हो भने यस्ता विविध समस्या दिर्घकालिन रुपमै समाधान हुने विभागको तर्क छ। यस प्रकारको अध्ययनले सहरी विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको भए पनि काम हुन सकेको छैन्। विभागले २०५२ सालदेखि प्रत्येक वर्ष एक सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस