सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक युवाले आफ्नो जन्मदिनमा गरे सेनेटरी प्याड हस्तान्तन्तरण

२०७९ चैत्र ६, ०९:०१ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक विद्यार्थीले आफ्नो जन्मदिनमा सेनेटरी प्याड हस्तान्तरण गरेका छन्।

जिल्लामा रहेको सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ् अन्तर्गत रहेको विद्यार्थीहरूको साझा एवं गैरराजनैतिक र गैर नाफामुखी सङ्गठन “इन्जिनियरिङ् विद्यार्थी समाज” का महासचिव जनक सिंह धामीले आफ्नो २२ औँ जन्मोत्सवको अवसरमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत रहेका सम्पूर्ण विभागहरूमा सेनेटरी प्याड बक्स सहित  हस्तान्तरण गरेका छन् ।

महिनावारीको समयमा हुने सङ्क्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ। सोमबार एक कार्यक्रमका बिच सम्पूर्ण विभागका विभागीय प्रमुखहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा आफ्नो जन्मोत्सव मनाएर सेनेटरी प्याड बक्स हस्तान्तरण गरेको धामीले बताए। उनले भने ‘सानो भए पनि जन्मदिनको अवसरमा उक्त कार्य गर्न पाउँदा खुसी भएको छु।’ 
 

कमेन्ट लोड गर्नुस